नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने राजकीय भ्रमणमा भारत छन् । एक सय पच्चीस जम्मो टोलीमा नेपालको फस्ट लेडीको हैसियतले दाहाल पत्नी सीता दाहाल उपस्थित छिन । तर उक्त भेटघाटमा साधारण मर्यादाको ख्याल नगरिएको लज्जाजनक दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ । र,अहिले यही दृश्यलाई लिएर उनको तिव्र आलोचना भइरहेको छ ।
शुक्रबार भारतीय राष्ट्रपति भवनमा आयोजित ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रममा प्रधानमन्त्री दाहालले समकक्षी नरेन्द्र मोदीसंग हात मिलाउदा श्रीमती सीताले देखाएको अस्वभाविक व्यवहार मर्यादा भन्दा बाहिर रहेको कुटनीतिज्ञहरुले विश्लेषण गरेकाछन ।
भारतीय प्रधानमन्त्रीसंग प्रधानमन्त्री दाहाले हात मिलाईरहँदा सीता दाहाल भने निन्याउरो अनुहार लगाएर अन्यन्त्रै हेरिरहेको लज्जाजनक दृश्य देखा परेको छ । यता,अर्काे लज्जाजनक दृश्य सार्वजानिक भएको छ ।
विशेषत यस्ता भेट औपचारिक हुने हुँदा भेटघाटमा सहभागी हुनेहरुले पनि औपचारिक व्यवहार देखाउनु पर्छ । प्रचण्ड, सीता र मोदी भएको जुन तस्बिर सार्वजनिक भएको छ । यो समारोह तस्बिर खिच्नकै लागि भएको थियो ।
जस्तो ६ महिनाअघि यस्तै समारोहमा केपी ओली र मोदीबीच भेट हुँदा ओली पत्नि राधिकाले गर्नुभएको थियो । दुई देशका प्रधानमन्त्रीले हात मिलाएको अवसरलाई विशेष बनाउन सीताले ताली बजाउन पनि सक्नुहुन्थ्यो ।
विजय जोलीसँग भएको भेटघाटको क्रममा प्रधानमन्त्री पत्नी सीता चप्पल फुकालेर बसेको दृश्य सार्वजानिक भएको छ । -एस काठमाडौं