यूएईको अबुधाबीमा पहिलो पटक ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ सम्पन्न भएको छ । अबुधाबीको फोल्बलोर हलमा शुक्रबार सम्पन्न अवार्डमा बेस्ट एक्टर मेलमा पल शाह र फिमेलमा बर्षा राउतले अवार्ड हात पारेका छन् । नेपाली म्युजिक भिडियोमा काम गर्ने विभिन्न १८ विधाका फरकफरक व्यक्तित्वहरुलाई प्रदान गरिएको अवार्ड कार्यक्रममा बेस्ट चलचित्र नायकमा अनमोल केसी र नायिकामा पुजा शर्माले अवार्ड हात पारे ।
कस-कसले पाए ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ :-
१. बेस्ट म्युजिक नेसनल फिल : सुरज आचार्य र प्रदीप दाहाल
२. बेस्ट इमर्जिंङ ट्यालेन्ट : स्वेता पुजारी
३. वेस्ट म्युजिक भिडियो डाइरेक्टर : मिलन चाम्स
४. बेस्ट कोरियोग्राफर : शंकर बिसी
५. वेस्ट भिडियो क्यामेरा पर्सन : हरि हुमागाई
६. बेस्ट लिरिक्स : किशोर घिमिरे
७. बेस्ट म्यूजिक : सुनील मास्के
८. बेस्ट एरेन्जमेन्ट : अल्मोड उप्रेती
९. बेस्ट लोक दोहोरी : रिपकुमार श्रेष्ठ
१०. बेस्ट इडिटर : प्रकाश तुलाधर
११. बेस्ट भोकलम्यान : युवराज चौलागाई
१२. बेस्ट भोकल फिमेल : मिलन अमात्य
१३. बेस्ट भोकल पप मेल : अमिक शेख
१४. बेस्ट भोकल पप फिमेल : दुर्गा खरेल
१५. बेस्ट म्युजिक भिडियो : योगेन्द्रमणि दाहाल
१६. बेस्ट म्युजिक भिडियो डाइरेक्टर : सहेन्द्र श्रेष्ठ र चलचित्र निर्देशकमा सुदर्शन थापा
अवार्ड कार्यक्रममा गायिका कोमल वलीलाई विशेष सम्मान गरिएको थियो । त्यस्तै, गीतकार संघ अध्यक्ष योगेन्द्रमणि दाहाललाई पनि सम्बन्धित क्षेत्रमा गरिएको योगदानका लागि सम्मान गरिएको थियो । नेपालको संगीक्षा फिल्मस् र अबुधाबीको नमस्ते ट्राभल एन्ड टुर्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपालबाट ४० जना कलाकारको टोली अबुधाबी पुगेको थियो।
पहिलोपल्ट म्युजिक भिडियो अवार्डको थालनी गरेको संगीक्षा फिल्मस्का निर्देशक मनोज केसीले दोस्रो संस्करण पनि विदेशमा नै गर्ने घोषणा गरेका छन्। अवार्ड समारोहमा चर्चित कलाकारको नृत्य, गायन प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिएको थियो । गायिका कोमल वली, मोडलहरु यशराज गराच, पल शाह, आमिर शेख, श्याम अर्याल, मोडल तथा निर्देशक शंकर वीसी नायिका पूजा शर्मा, बर्षा राउत लगायतले आफ्नो प्रस्तुती पनि दिएका थिए ।
नेपाली दुताबास युएईका कार्यवाहक राजदुत नेत्रबहादुर टन्डन कार्यक्रमको प्रमुख अथितिका रुपमा उपस्थित भएका थिए भने सभाध्यक्षद्वय संगीक्षा फिल्म इन्टरटेनमेन्टका मनोज केसी तथा नमस्ते ट्राभलका सञ्चालक एकेन्द्र थापा रहेका थिए ।