कार्तिक २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘किस्मत २’ को तेस्रो गीत सार्वजनिक भएको छ । यसअघि ‘तिम्रो पिक्चर हिट’ र ‘आकाशबाट झरेकी अप्सरा’ बोलको गीत सार्वजनिक गरिसकेको निर्माण पक्षले हालै ‘दिल नाचे जस्तो’ बोलको गीत सार्वजनिक गरेको छ । गीतमा चलचित्रकी नायिका शिल्पा पोख्रेल र नायक पृथ्वीराज प्रसाई फिचरिङ छन् । सार्वजनिक गीतमा मिलन अमात्य र फीरोज बस्नेतको आवाज रहेको छ भने अर्जुन पोख्रेलको संगीत र अमृत रेग्मीको शब्द रहेको छ । गीतमा कमल राईको कोरियोग्राफी छ । ‘किस्मत २’ मा दृष्टिविहीन यूवतीको भुमिकामा देखिन लागेकी नायिका शिल्पाका अलवा यो चलचित्रमा पृथ्वीराज प्रसाई र किशोर खतिवडाको मुख्य भुमिका रहेको छ । ऋषि लामिछानेले निर्देशन गरेको यो चलचित्रलाई छविराज ओझाले निर्माण गरेका हुन् । चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद, दिजेन्द्र शाक्यको निर्माण, मदनकाश्यप घिमिरेको छायांकन, अर्जुन पोख्रेलको संगीत, रामजी लामिछाने र कमल राइको नृत्य निर्देशन, चन्द्र पन्तको एक्सन रहेको छ । चलचित्रले एक दृष्टिविहीन यूवतीको संघर्ष, प्रेमको कथालाई देखाउन खोजेको छ ।