चलचित्रकर्मी मनोज केसी संयोजक रहेर वि.सं २०५३ सालबाट वि.सं २०५८ सालसम्म ‘कलिउड सिनेमा अवार्ड’ आयोजना भएको थियो । त्यसपछि मनोज केसी प्राविधिक संघको अध्यक्ष भएपछि उनले ३ पटक ‘नेफ्टा अवार्ड’ विदेशी भूमीमा आयोजना गरे । प्राविधिक संघबाट बाहिरिएपछि गएको महिना मात्र केसीले दुवईमा पहिलो पटक ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ सम्पन्न गरे । अब मनोज केसीले २०५८ बाट वितरण गर्न रोकिएको ‘कलिउड सिनेमा अवार्ड’ पुनः वितरण गर्ने भएका छन् । उनका अनुसार अब ‘कलिउड सिनेमा अवार्ड’ लाई निरन्तरता दिइनेछ । अवार्डको तयारी तिव्र भएको जानकारी दिँदै मनोज केसीले अहिले चलचित्रको दर्ता सुरु गरिएको बताए । मनोजका अनुसार सन् २०१६ मा रिलिज भएका चलचित्रले यो अवार्डमा भाग लिन पाउनेछन् । अवार्ड सन् २०१७ को जनवरीमा विदेशमा हुनेछ ।