बलीउड अभिनेत्री दीपिका पादुकोण हलीउड फिल्म ‘ट्रिपल एक्स’ को सिक्बेलमा देखा पर्दैछिन्। उनको उपस्थितिले दक्षिण एसिया र भारतीय दर्शकबीच यो सिक्बेल महत्वपूर्ण बन्दैछ। सबैभन्दा ठूलो फिल्म उद्योग बलिउडकी हिरोइनलाई हलिउडले राम्रो भूमिका दिएपछि दोस्रो ठूलो जनसंख्या भएको मुलुक भारत पक्कै पनि व्यापारिक हिसाबले प्रवर्द्धन योग्य क्षेत्र हो। त्यसमाथि भारतीयको बसोबास विश्वका सबै कुनमा उत्तिकै छ।
त्यसैले ट्रिपल एक्स रिटर्न अफ जेन्डर केजको दोस्रो ट्रेलर जारी हुँदा दीपिका हावी देखाइएकी छिन्। भ्यान डिसेलको एक्सन थ्रिलरमा दीपिका तगडा लुकमा देखिएकी छिन्। यो ट्रेलरमा दीपिकाको एकाधिपत्य नै छ। फिल्मका डायरेक्टर डीजे कैरुसोले धेरै पटक बताएका छन् कि दीपिका यस्ती यूवती हुन्, जसको इन्ट्रीले धेरैलाई मुश्किलमा पार्न सक्छ । विन डीजल जस्ता कलाकार हुँदा हुँदै पनि फिल्मको दोस्रो ट्रेलरमा दीपिका हावी भएकी छिन् ।