गायक रामकृष्ण ढकालको नयाँ एल्बम ‘आवरण’ मा समाबेश एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । रामकृष्णको आवाजमा रहेको सार्वजनिक ‘तिमी आइनौ’ बोलको गीतमा आफ्नै श्रीमती निलम ढकालले अभिनय गरेकी छिन् । उनलाई मञ्चिन शाक्यले साथ दिएका छन् । आनन्द अधिकारीको शब्द र शिखर सन्तोष संगीत रहेको यस गितको भिडियो निर्देशन निकेश खड्काको गरेका छन् । गीतमा रामकृष्णलाई सञ्जिवनीले पनि साथ दिएकी छिन् । रोमान्टिक थिममा तयार भएको सार्वजनिक गीतलाई अहिले यूटयूबमा दर्शकहरुले राम्रै रुचाएका छन् । रामकृष्णका अनुसार एल्बम ‘आवरण’मा समाबेश अन्य गीतहरुको भिडियो चाँडै सार्वजनिक गर्ने यसअघि एक कार्यक्रममा बताएका थिए ।