भिडियोमा बोल्ड दृश्य दिएर निकै विवादमा तानिरहेकी गायिका ज्योति मगरले यस बर्षको तिजका लागि भनेर नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘यसपालीको तीजमा दरको साटो रक्सि खाईन्छ’ बोलको तिज गीतमा ज्योति मगर, संझना बुढोथोकी लगायतका कलाकारहरु देखिएका छन् । भिडियोमा ज्योति मगर उत्तेजक शैलीमा प्रस्तुत भएकी छिन् । सार्वजनिक तिज गीतमा ज्योतिको छोटो पहिरनले भिडियोलाई अश्लिल बनाएको सजिलै अनुमान लगाउन सकिन्छ । हुनत, उनको यो पहिलो हर्कत भने पक्कै होइन उनले यस अघि अभिनय गरेको तिज गीत ‘ढाडे विरालो’मा उत्तेजक पहिरनका कारण खुबै विवादमा तानिएकी थिइन । ‘यस पटक पनि ज्योति यसपालीको तीजमा दरको साटो रक्सि खाईन्छ’ बोलको गीतबाट विवादमा तानिने पक्का छ । ज्योति मगरकै स्वर, संगीत र शब्द रहेको गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् ।