कुनै बेला नेपाली चलचित्रबाट दर्शकको मन जितेकी नायिका जल शाह आजकाल चलचित्र क्षेत्रमा छैनन्। चलचित्र क्षेत्रमा मात्र होइनन उनी नेपालमा पनि बस्दिनन् । नायिका जल शाह अमेरिकामा बस्न थालेको लामो समय भइसकेको छ । तर यस बर्षको दशैं मान्न भने उनी नेपाल आएकी थिइन् । सरत रिमालसंग बिवाहपछि एक्कासी अमेरिका हानिएकी उनको चर्चा त्यसपछि भने खासै भएको थिएन् । हाल एक छोरीकी आमासमेत बनिसकेकी जल शाह अहिले निकै मोटाएकी छिन् । अवतार, ईश्व, पराइ घर, शंकर, ठूल्दाई लगायतका चलचित्रमा तपाईले देख्नु भएको स्लिम जल शाहको तौल अहिले ८० किलोभन्दा माथी छ । तर उनी यसलाई सामान्य रुपमा लिन्छिन् । शनिबार राजधानीमा पत्रकारसँग भेट गर्दै उनले भनिन्, ‘तौल घट्नु र बढ्नु सामान्य कुरा हो ।’
‘तपाई अहिले धेरै मोटाउनु भएछ नी ?’ भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘तपाईले हेर्नु भएको छ ? रानी मुखर्जी अहिले कति मोटाएकी छिन् ? सोनाक्षी सिन्हा पनि हेर्नुस् न कति मोटाएकी छिन् तर उनी रेगुलर एक्सरसाइज गरिरहेकी छिन् । तर तपाईहरुले देख्ने तरिकामा पनि फरक पर्छ । रानी मुखर्जी मोटाउँदा तपाईहरुलाई खासै वास्ता लाग्दैन तर जल शाहलाई चाहिँ कति धेरै मोटाउनु भयो ? भनेर प्रश्न गर्नु हुन्छ ।’
उनले आफु एसएलसी दिँदै गर्दा देखी नेपाली चलचित्र खेल्न थालेको पनि बताइन् । उनले भनिन्, ‘मलाई सानै देखी रहर थियो कि नेपाली चलचित्रकी हिरोइन बनौ भनेर तर मेरो मुमाले नै गरेर हो म नेपाली चलचित्रमा आएको । मेरो ट्यालेन्ट बुझ्न सक्ने क्षमता चाहिँ मेरो आमामा रहेछ ।’
नायिका जल शाह आफुले नायक राजेश हमालबाटै रोमान्स गर्न सुरु गरेको पनि बताउँछिन् । तर उनी राम्रो अभिनय गर्ने नायकको रुपमा भने भुवन केसी र शिव श्रेष्ठलाई लिन्छिन् । जललाई नायक राजेश हमाल भने ड्यासिंग अभिनेता लाग्छ । उनले अगाडी भनिन्, ‘अहिले भने मलाई हिरोमा आर्यन सिग्देल, हिरोइनमा रिर्चा शर्मा, केकी अधिकारी निकै मन पर्छ । म उहाँहरुको अभिनयको फ्यान नै हुँ ।’ त्यस्तै उनले अनमोल केसी ह्याण्डसम नभएर क्यूट भएको पनि बताइन् । तर उनलाई अनमोल भन्दा भुवन केसी नै ह्याण्डसम लाग्छ । सोही क्रममा जलले चलचित्र निर्माण गर्ने योजना पनि बनाएको बताएकी छिन । उनले आफु चलचित्र मेकिङमा आउने र आफु सुहाउदो रोल भए अभिनय समेत गर्ने बताएकी हुन ।