चलचित्रको पर्दामा निकै रुचाइएको जोडी नायिका नम्रता श्रेष्ठ र नायक आर्यन सिग्देलले हालै एक म्यूजिक भिडियो सँगै गरेका छन् । सुनिल गिरीको आवाजमा रहेको ‘मिल्दैन र ?’ बोलको गीतमा आर्यन र नम्रताले अभिनय गरेका हुन् । गीतमा आर्यन र नम्रताको प्रेमभाव देखाउन खोजिएको गायक गिरीले जानकारी दिए । जगदिश तिमल्सिनाको शब्द रहेको गीतमा सुनिल गिरीको संगीत रहेको छ । गीतको भिडियो चाँडै युटयुबमा सार्वजनिक गरिने निर्माणपक्षले बताइएको छ । भिडियोमा आर्यन र नम्रतासँगै यूनि राईको पनि अभिनय रहेको छ । विकास सुवेदीले निर्देशन गरेको भिडियोलाई शैलन लम्सालले सम्पादन गर्दैछन् ।