कात्तिक २६ गते प्रदर्शनमा आउने भनिएको चलचित्र ‘बिजुली मेशिन’ को रिलिज मिति पोष्टपोन्ड भएको छ । अब यो चलचित्र मंसिर १७ गतेबाट देशभर रिलिज हुनेछ । कार्तिक २६ गते ‘बिजुली मेशिन’ प्रदर्शन नहुने भएपछि अब यो मितिमा ‘जंगबहादुरको कोट र जात्रा’को प्रतिस्पर्धा हुनेछ । नविन आवालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बिजुली मेशिन’ आवाजबाट पनि बिजुली निस्कन सक्छ भन्ने परिकल्पनामा आधारित छ । यो चलचित्रमा नायक राजेश हमालको पनि विशेष भुमिका रहेको निर्माण पक्षले जानकारी दिएको छ । यो चलचित्रमा अभिषेक सुवेदी, जीवन अधिकारी, बुद्धि तामाङ ‘हैट’, आषिश लुँईंटेल, जीवन भट्टराई लगायत कलाकारहरुले अभिनय गरेका छन् । चलचित्र निर्माण समुहमा रिसभ आचार्य, दिपेन बस्नेत, संजिव कुमार न्यौपाने र बिन्दु तिमल्सिना रहेका छन् ।