अमेरिकी राष्ट्रपति पदको चुनावमा गायिका लेडी गागालाई मन पर्ने डेमोक्रेट उम्मेदवार हिलेरी क्लिन्टनले हारे पनि गागा प्रेम र न्यायको लडाई जारी राख्न चाहन्छिन् । एक वेबसाइटका अनुसार गागाले बुधवार विहान न्यूयोर्कमा ट्रम्प टावरको बाहिर आफ्नो विरोध जनाएकी छिन् । उनले फोहोर उठाउने एक ट्रकको नजिक एक ब्यानर समातेको तस्वीर शेयर गरेकी छिन्, जसमा लेखिएको छ, ‘लव ट्रंप्स हेट।’
राष्ट्रपतिमा विजयी भएका डोनाल्ड ट्रम्पको नतिजाको घोर विरोधी गागाले आफ्नो ट्विटर हैन्डलको हैशटैग पनि बदलेर कन्ट्री अफ काइन्डनेस गरेकी छिन् । विरोध जनाउनका लागी शेयर गरिएको तस्बिरको क्याप्शनमा पनि उनले यही लेखेकी छिन् ।
यो भन्दा पहिला उनले अश्वेत अधिकार कार्यकर्ता डीरे मकेसनको साथ आफ्नो फोटो पोस्ट गर्दै ट्वीट गरेकी थिइन् । यसमा उनले हारको सामना गर्ने प्रेरक शब्द लेखेकी थिइन् ।