गीतकार तथा संगीतकार अर्जुन विछोड प्रेमीको शब्द तथा संगीतमा लोकप्रिय गायक कृष्णभक्त राईको स्वरमा रहेको ‘गयौ गयौ माया मलाई छोडी गयौ’ गीतको चोभारका बिभिन्न स्थानहरुमा छायाँकन गरिएको छ ।
वैदेशिक रोजगारीमा गएका श्रीमान घर फर्कदा श्रीमतीले घर न घाटको बनाएपछि उत्पन्न हुने समस्यालाई भिडियोमा देखाउन खोजिएको निर्देशक नविन रानाले जानकारी दिए । उक्त भिडियोको छायाँकन अमिर श्रेष्ठले गरेका हुन् । भिडियोमा मोडल उरुषा पाण्डे, साजन श्रेष्ठ र विवेक भण्डारीको अभिनय रहेको छ । मोडल उरुषाले यस अघि हिन्दी म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । ‘गयौ गयौ माया मलाई छोडी गयौ’ बोलको म्यूजिक भिडियोलाई एमजी मिडियाले निर्माण गरेको हो ।