‘माइतीको देश भाग–२’ र ‘पानी सलल’ तिज गीत सार्वजनिक गरिएको छ । वुधबार राजधानीमा एक कार्यक्रमका बिच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष चन्द्र शर्माले भिडियोको सार्वजनिक गरेका थिए भने भिडियोलाई यूट्यूबमा चलचित्र पत्रकार संघका महासचिव एवं चलचित्र सेन्सर बोर्डका सदस्य सन्दिप सापकोटाले सार्वजनिक गरेका थिए । हरि विष्टको दुवै गीतमा शब्द र संगीत रहेको छ भने ‘माइती देश भाग –२’ मा देवी घर्ती र टीका पुनको स्वर रहेको छ ।
त्यस्तै ‘पानी सलल’ मा पार्वती ठाडा मगरको स्वर रहेको छ । माईतिको देशको गीत युट्युबमा सार्वजनिक गरिएको २२ घण्टा वित्दै गर्दा ३८ हजार बढिले हेरिसकेका छन् । यो आँकडा लोकदोहोरी भिडियोको तुलनामा सर्वाधिक हो । कार्यक्रममा बोल्दै गीतकार एवं संगीतकार हरि विष्टले अहिले बजारमा आएका तिज गीतलाई हेर्दा तिज गीत अश्लिलताको पराकाष्ठा भएको बताए । त्यस्तै सोही कार्यक्रममा गायिका देवी घर्ती र टीका पुनले माइतीको देशलाई गाएर सुनाएका थिए । हरि विष्ट प्राय गरेर मौलिक भाकालाई पस्कने स्रष्टा हुन् ।