नायक राजेश हमालले मधु भट्टराईसँग विवाह गरेको झण्डै २ बर्ष नाघिसकेको छ । चाँडै नयाँ सन्तानलाई जन्मदिने सोचमा समेत रहेका हमाल जोडीको अहिले बैबाहिक सम्बन्ध निकै सुखद छ, जुन कुरा राजेश हमालको फेसबुकबाट पनि सजिलै थाहा पाइन्छ । केही महिना अगाडी हमाल र मधुबीच राम्रो सम्बन्ध नरहेको भन्ने हल्ला खुबै चलेको थियो । त्यसपछि हमाल जोडीको प्रेम सामाजिक सञ्जालदेखी सार्वजनिक कार्यक्रमहरुमा अहिले बाक्लै देख्ने गरिन्छ । त्यसैले त अहिले उनीहरुको प्रेम देखेर जो कोही डाहा गर्छन् । अहिले हमाल आफु जहाँ पुग्छन् त्यहाँ श्रीमती मधुलाई पनि साथ लिएर जान्छन् ।
अहिले हमाल जोडी विराटनगरमा छन् । जहाँ हमालले मुधका माता-पितासँग शनिबार केही समय बेथित गरेका थिए, जुन कुरा हमालले आफ्नो फेसबुकमा फोटो अपलोड गर्दै जानकारी दिएका छन् । उनले मधुका माता-पितासँग जंगलमासँगै लन्च पनि गरेका थिए । फोटो हेर्दा लाग्छ शनिबार हमालले बुलेट बाइर्कमा मुधलाई लिएर विराटनगर-धरानको पनि घुमघाम गरेका छन् ।