ठूल्दाई सुनचाँदी गहना पसलको निर्माणमा तयार भएको हरर चलचित्र ‘भ्रम’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा मरेकी एक यूवती अर्थात चलचित्रकी नायिका भिन्तुना जोशीको आत्माले चलचित्रका नायक कर्मा शाक्यलाई दिएको दुख देखाउन खोजिएको छ । नायक कर्मा पनि भिन्तुना जोशीको प्रेममा परेको देखाइएको छ ।
चलचित्रका निर्देशक रविन्द्र शाही (आर.वी.) ले दिएको जानकारी अनुसार चलचित्र ‘भ्रम’ यही बर्षको पौष २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने छ । कर्मा शाक्य र भिन्तुना जोशीको मुख्य भुमिका रहेको यो चलचित्रमा रक्की धासुको संगीत, कुमार महर्जनको द्धन्द्ध, गोविन्द प्रभातको कोरियोग्राफी, गौतमराज खड्काको सम्पादन र कृष्ण श्रेष्ठको छायाँकन रहेको छ । चलचित्रका निर्माता श्याम ल्वागुना र सुरेश गमाल हुन् । चलचित्रमा पटकथा तथा संवाद राधा श्रेष्ठ र श्याम श्रेष्ठको रहेको छ ।