गायिका कल्पना विसी र गायक राजेन्द्र विष्टले नयाँ तीज गीत ‘बेस्सरी नाचिन्छ’ सार्वजनिक गरेका छन् । गीतमा राजेन्द्रको शब्द र संगीत रहेको छ । लोकदोहोरीमा लोकप्रिय मानिएकी पार्वती राईले मोडल नरेश जोगीसँग गीतमा कम्मर मकाई–मकाईं नाचेकी छिन् । हालै मात्र सार्वजनिक भएका नरेशको नृत्य रहको दुई तीज गीत ‘दिदीको पाउ ढोग’ र ‘हरियो चुरा’ दर्शकले रुचाइरहेका छन् । ‘नृत्यमा पर्फेक्ट मानिएकी पार्वतीसँग नाच्न पाउँदा मज्जा आयो,’ भिडियोबारे नरेशले छोटो प्रतिक्रिया दिए । करण चैसिरले खिचेको गीतको भिडियो निर्देशन कालु तामाङ ‘अनिश’ ले गरेका हुन् ।