अचम्म मान्नु भयो होला, हेलिकप्टर नै चार्टर गरेर गोरखा किन पुगे त नायक सौगात मल्ल र चलचित्र ‘वीर विक्रम’ की नायिका दीया पुन ? कतै उनीहरु अफेयरमा त छैनन् ? माथीको हेडलाइन पढेर सायद तपाईहरुले यस्तै-यस्तै अनुमान लगाउनु भएको होला तर त्यसो भने होइन । नयाँ चलचित्र ‘बमकाजी’ को शिलशिलामा हेलिकप्टर नै चार्टर गरेर सौगात मल्ल, दीया पुन, वुद्धि तामाङ सहित ६ जनाको टोली गोरखा जिल्लाको सामागाउँस्थित मनास्लु वेस क्याम्प पुगेका हुन् । तर, चलचित्रको छायाँकन कै लागेर भनेर उनीहरु त्यहाँ पुगेका भने होइनन । निर्माणपक्षले स्थानिय रहनसहन र संस्कृतीलाई नजिकबाट बुझ्नका लागी कलाकारको टोलीलाई छायांकन सुरु हुनुभन्दा अगाडि नै पठाइएको हो । निर्देशक खिलबहादुर गुरुङका अनुसार चलचित्रको छायाँकन भने मंसिर २५ गतेबाट सुरु हुनेछ । चार हजार फिटमा रहेको मनास्लु वेस क्याम्पमा यो चलचित्रको छायांकन हुनेछ ।
परिच्छेद सेनको कथामा तयार हुने यो चलचित्रमा साम्तेन भुटियाको पटकथा तथा संवाद छ । चलचित्रमा सुरेश कार्की, रविराज कार्की र राजेशजंग गौतमको संयुक्त लगानी रहने यो चलचित्रमा संजय लामाको छायांकन रहनेछ ।