लेखक तथा निर्माता साइमन किंबर्गले आफ्नो नयाँ चलचित्र ‘गैम्बिट’को शूटिंग सुरु गर्ने ताखिर घोषणा गरेका छन् । उनले ट्विटरमार्फत बताएका छन् कि यस चलचित्रको छायाँकन २०१७ बाट सुरु हुनेछ । निर्माता साइमनका अनुसार उनीसँग चलचित्र गैम्बिटका लागि महान कथा छ । अगामी २०१७ को बसन्तबाट छायाँकन सुरु हुने बताएका निर्माता साइमनले चलचित्र गैम्बिट आफ्नो लागि विशेष रहेको पनि खुलाएका छन् । डौग लीमनले निर्देशन गर्ने चलचित्रमा चैनिंग टोटमले प्रमुख भुमिका निर्वाह गर्नेछन् ।