हिन्दू महिलाहरुको महानपर्व हरितालिका तिज नजिकदैं गर्दा अहिले नेपाली बजारमा दर्जनौ तिज गीतहरु सार्वजनिक भइरहेका छन् । त्यही क्रममा अविवाहित निर्देशक, निर्मात्री एवं हास्यकलाकार दीपाश्री निरौलाले पनि एक तिज गीतमा भगवान महादेवसँग वर मागेकी छिन् । ‘महादेव टुंगो लगाइदेऊ मेरो जीवनसाथीको’ बोलको गीतमा गायिका निशा सुनवारले आवाज दिएकी छन् भने भिडियोमा दीपश्री र निशाले अभिनय गरेका छन् । फ्रेण्डसिप डेको अवसर पारेर सार्वजनिक गरिएको गीतलाई सञ्चारकर्मी डिबी खड्काले लेखेका हुन् । गीतमा निशा र दीपाश्रले जुन जातको भएँ नि नेपाली छोरा भए हुने भन्दै भगवानसँग जोडी मिलाइदिन आग्रह गरेका छन् । विनोद बाजुरालीले संगीत र एरेञ्ज गरेका छन् । शंकर विसीले गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् ।