आइतबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको कांग्रेस निटक विद्यार्थी संगठन नेवि संघको चुनावले विद्यार्थीलाई मात्र होइन अहिले नेपाली चलचित्र क्षेत्रका धेरै कलाकारहरुलाई पनि छोएको छ । सोमबारबाट सुरु भएको बन्द सत्रमा धमाधम आफ्नो उम्मेद्वारी घोषणा गर्ने क्रममा नेपाली चलचित्रक्षेत्रका तिन अनुहारले पनि नेवि संघको जिम्मेवारी पदमा आफ्नो उम्मेदवारी दिएका छन् । चलचित्र सम्बोधनका निर्माता सरोज न्यौपानेले नेवि संघको केन्द्रीय ‘उपाध्यक्ष’ पदमा उम्मेदवारी दिएका छन् । यस्तै, चलचित्र ‘सम्बोधन’का मुख्य कलाकार विनय भट्टले पनि केन्द्रीय महामन्त्रीको पदमा उम्मेदवारी दिएको खबर छ । सरोजले नयाँ चलचित्र ‘ग्याङस्टार ब्लूज’को पनि घोषणा गरिसकेका छन् । चलचित्रसँगै विनयले केही म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् भने उनी त्रिचन्त्र कलेजका स्ववियू सभापति पनि हुन् । यस्तै ‘कबड्डी कबड्डी’ निर्माता रौनकविक्रम कंडेलले पनि ३ नं. प्रदेशबाट केन्द्रिय सदस्य पदको लागी उम्मेद्वारी घोषणा गरिसकेका छन् ।