सञ्चारकर्मी विशाल राई गायक सचिन राईको नयाँ गीत ‘अनौठो माया हाम्रो’ को भिडियोमा मोडल मेरिना तुम्सासँग रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । भिडियोमा मोडल मनी चाम्लिङले विशालसँग अभिनय गरेकी छिन् । गायक राईको ‘सुगम स्टार’ एल्बममा समाबेश गीतको भिडियोमा त्रिकोणात्मक प्रेमकथालाई निर्देशक मदन दुम्सले कलात्मक रुपमा उतारेका छन् । निर्देशक दुम्सले भिडियोमा एक युवतीसँग दुई युवाको प्रेमलाई प्रस्तुत गरेको बताए । ओम प्रकाश राईको संगीत तथा हर्क साम्पाङको शब्द रहेको गीतको म्युजिक भिडियो धरान आसपास सुटिङ गरिएको छ । भिडियोमा श्रीकुमार साम्पाङको छायांकन छ ।