अन्तिम चरणमा पुगेर राप्रपा नेपाल राप्रपा बीचको एकीकरण किन भाँडियो ? स्याल कराउनु र कुखुरा हराउनुको संयोग मात्र नमान्ने हो यो एकीकरण भाडिनुको पछाडि अघिल्लो दिन मात्र राजदुत रणजीत राय र राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा बीच भएको गोप्य वार्ताले काम गरेको राप्रपा नेपालको नेताहरुको ठहर छ ।
केपी ओली भारत विरुद्ध कडा रुपमा प्रस्तुत हुँदा उनै ओलीका विश्वाश पात्र बनेका कमल थापा पक्षधरलाई भारतले नरुचाएको र यही कारण एकीकरण भाडिँएको राप्रपा नेपाल स्रोतको दावी छ ।
भारतीय राजदुत रणजीत राय र राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा बीच अघिल्लो दिन वार्ता हुनु र भोलीपल्टै एकीकरण प्रक्रिया भाँडिनुको हो ।
राप्रपा र राप्रपा नेपाल बीचको एकीकरण अन्तिम चरणमा पुगिसकेको थियो । का लागि भन्दै जिल्ला जिल्लाबाट प्रतिनीधिहरु आइसकेका छन । भृकुटीमण्डपमा रहेको राष्ट्रिय सभागृहको हल बुक भइसकेको छ । यस्तो अवस्थामा एकीकरण भाडिनुको कारण के होला ? स्रोत भन्छ‘एकीकरण भाडिनुको प्रमुख कारण हो,भारतीय राजदुत रणजीत राय र राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा बीच भएको गोप्य वार्ता ।’
अन्य कुनै कारण नै छैन । पटक पटकको वार्ता पछाडि पार्टी एकीकरण गरी अध्यक्ष पशुपति शमशेर राणा नै रहने र कार्यकारी अध्यक्ष कमल थापा रहने सहमति भइसकेको थियो । सबै तयारी हुँदाहुँदै भारतीय राजदुत हाबी हुँदा अन्तत राप्रपा र राप्रपा नेपाल बीचको एकीकरण भाडिन पुगेका छ ।यही रन्कोमा हो,आज संसदमा बोल्दै राप्रपा नेपालका अध्यक्ष कमल थापा भारत विरुद्ध बढी नै चर्किएको ।
स्रोतको अनुसार भारतीय राजदुत राय र पशुपति शमशेर बीच भेटवार्ताका लासग समयको व्यवस्थापन गर्ने भूमिका सूर्य बहादुर थापाका पुत्र सुनिल थापाले निर्वाह गरेका थिए ।
सुनिल थापाले यो मन्त्रीमण्डलमा मन्त्री बन्ने चाहना राखेको भए पनि प्रधानमन्त्री प्रचण्ड उनलाई मन्त्री नबनाउने मनस्थितीमा पुगेका छन ।-एस काठमाडौं ।