गायक मोहन के. राईले ‘तिमीसँग…’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । विभोर पोखरेलद्वारा निर्देशित यो भिडियोमा नायिका वर्षा शिवाकोटी तथा भिडियो जक्की रोशन लामाले अनस्क्रिन रोमान्स गरेका छन् । शैलेन्द्र एम प्रधानद्वारा संगीत संयोजन गरिएको यो गीतको म्युजिक भिडियोमा योगेन्द्र उपाध्यायको शब्द तथा संगीत सुन्न सकिन्छ । आधुनिक पप शैलीको यो गीतको भिडियोका छायांकार अनिल मानन्धर हुन् । ललितपुरको छम्पि गाविसको आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोलाई सुशिल न्यौपानेले सम्पादन गरेका छन् ।