पुष महिना सकिनै लाग्यो अब केही दिनमा नै माघ महिनाले स्वागत गर्दैछ । जाडो महिना भनेर चिनिने पुष र माघमा कति जनाले ज्यान गुमाएको देखी अत्यन्तै जाडो भएका कारण विद्यालय बन्द भएका खबरहरु पनि बेला बखतमा तपाईहरुले सुन्दै आउनु भएको छ । जाडोका कारण यति बेला काठमाडौं पनि निकै चिसिएको छ । हिँड्दा होस् वा घरमै बस्दा किन नहोस् बाक्लो र न्यानो कपडा लगाएर बसेका मानिसहरु अहिले प्रशस्तै भेटिन्छन् । तर, मंगलबार साँझ नायिका प्रियंका कार्कीको हट परिहनले काठमाडौंमा जाडो नै छैन कि भन्ने महशुस गराउथ्यो । झण्डै २ महिना लामो लण्डन र अमेरिकाको बसाईपछि नेपाल आएकी नायिका प्रियंका कार्कीले मंगलबार साँझ चलचित्र ‘लभ साशा’ को प्रिमियरमा सबैको ध्यान खिच्न सफल भईन । हुनत, उनी जहाँ जान्छिन् त्यहाँ उनको पहिरनको चर्चा त अन्य सेलिब्रेटीहरुको भन्दा बढी नै हुने गर्छ ।
पहिरनको मामलामा सबैभन्दा सजक रहने नायिका प्रियंका मंगलबार चलचित्र ‘लभ साशा’ को प्रिमियरमा पनि खुबै हट बनेर उपस्थित भएकी थिइन् । उनको पहिरन हेर्दा लाग्थ्यो काठमाडौं जाडो होइन गर्मी मौसम सुरु भइसकेको छ । ओपन लोनेक सेक्सी ब्ल्याक गाउनमा निकै हट देखिएकी प्रियंकाको अगाडी प्रिमियरमा उपस्थित अन्य नायिकाहरु समेत फिक्का देखिन्थे । तर, उनलाई आफ्नो परिहन सम्हाल्न भने मुश्किल परिरहेको देख्न सकिन्थ्यो ।
‘२ महिनापछि यसरी फोटो खिच्न पाएको छु’ भन्दै प्रियंकाले पनि कहिले कपाल मिलाउँदै, कहिले दुई हात कम्मरमा राख्दै त कहिले पहिरन मिलाउँदै फोटोग्राफरहरुलाई पोज-पोजका तस्बिरहरु खिचाइन । प्रिमियरमा नायिका केकी अधिकारी र प्रियंकाको मित्रता पनि हेर्न लायककै देखिन्थ्यो ।