बलिउडका युवापुस्ता माझ लोकप्रिय अभिनेता सिद्धार्थ मलहोत्राले भनेका छन् कि उनको ध्यान सबैभन्दा पहिले केटीहरुको कपडामा जान्छ ।
चकलेटी अनुहारका सिद्धार्थको लोकप्रियता मुख्यगरी केटीहरुमा पहिलो फिल्म स्टुडेन्ट अफ दि इयरबाट नै चुलिएको थियो । तर, तपाईलाई थाहा नहुन सक्छ उनी रमाइलो मिजासका छन् र उनी केटी जिस्क्याउन माहिर छन् । एक कुराकानीमा सिद्धार्थले आफ्नो पहिलो डेटको बारेमा बताएका छन् । उनका अनुसार उनी त्यस समय धेरै नै नर्भस थिए र सचेत पनि थिए ।
उनले केटाहरुलाई एक टिप्स पनि दिएका छन् । उनका अनुसार पहिलो डेटमा यदी केटी राम्रोसँग तयार भएर आएमा सोच्नुहोस कि तपाईको काम बन्यो । सिद्धार्थका अनुसार उनको ध्यान सबैभन्दा पहिले केटीहरुको खुल्ला कपालमा जान्छ र त्यसपछि उनको नजर केटीहरुको कपडामा जाने गरेको बताएका थिए । उनले यो कुराको रहस्योद्घाटन गरेका छन् कि उनी केटीहरुको च्वाइसलाई ध्यानमा राखेर कपडा किन्ने गर्छन् ।
सिदार्थले हालै मुम्बईमा एक फेसन सम्बन्धि कार्यक्रममा भाग लिन आएको मौकामा अमिताभ बच्चनलाई सबैभन्दा बढि फेसनेबल कलाकार भनेका थिए । बलिउडमा उनको र आलिया भट्टको बिचमा प्रेमसम्बन्ध भएको खबरहरु पनि बेला बेलामा सार्वजनिक हुने गरेका छन् ।