एक समय भारतीय टेलिसिरियल ‘कसौटी जिन्दगी की’ का पात्र मिस्टर बजाजले भारतमा करोडौं फ्यान कमाए। कुशल अभिनय र आकर्षक व्यक्तित्वका कारण अहिलेसम्म पनि सिरियलहरुमा तिनै मिस्टर बजाज उर्फ रोनित रोयको डिमान्ड रहेको छ। केही ठूलो पर्दाका फिल्महरुमा पनि देखिएका उनी अब ऋतिक रोशनको फिल्ममा भिलेनको रुपमा देखिने भएका छन्। संयोग के रह्यो भने, तिनै रोनित रोय एक समय ऋतिक रोशनको पर्सनल बडीगार्ड रहेका थिए।
उनले बिबिसी हिन्दीसँग भने,’मैले ऋतिक स्टार हुनु अघिदेखि नै चिन्छु। तर भेट फिल्म बन्ने क्रममा नै भयो।’ ‘कहो ना प्यार है’ बनाउँदा उनले ऋतिकको बडीगार्ड बन्न परेको सुनाए। भने,’राकेश रोशनले ऋृतिकसँगै रहन लगाए। सुटिङको क्रममा घटेको विभिन्न घटनाले मलाई उनको बडिगार्ड बनायो।’ उनी आफूलाई अरु पनि धेरै सेलिब्रिटीको गार्ड बनेको बताउँछन्। सेक्युरिटी कम्पनी चलाउँदै आएका उनले आमिर खानको लागि दुई वर्ष र शाहरुख खानका लागि केही समय सेक्युरिटीको काम गरे। अब रोनित ऋतिकको भिलेनको रुपमा देखिँदैछन्।