बलीउडका मिस्टर परफेक्शनिस्ट आमिर खानको फिल्म ‘दंगल’ ले ओवरसीज मिलाएर ग्रास ७२० करोडभन्दा बढीको विजनेश गरेको छ । नितेश तिवारीको निर्देशनमा बनेको आमिरको बहुप्रतीक्षित फिल्म‘ दंगल’ क्रिसमसको अवसरमा २३ डिसेम्बरमा रिलिज भएको थियो । यो फिल्म हरियाणाका पूर्व पहलवान महावीर सिंह फोगाटको जीवनमा आधारित छ । फिल्ममा आमिरले महावीर सिंह फोगाटको भूमिका निर्वाहा गरेका छन्, जो तमाम बाधाकाबीच पनि सामाजिक कुरीतिहरुसँग लड्दै विषम परिस्थितिमा पनि आफ्नी दुई छोरी गीता फोगाट र बबीता कुमारीलाई कुश्ती सिकाउँछन् । बक्सअफिसमा उपलब्ध आँकडाका अनुसार, फिल्मले प्रदर्शनको पहिलो हप्तामा १९७ करोडको विजनेश गरेको थियो ।
‘दंगल’ ले अहिले पनि भारतीय बक्सअफिसमा धमाल मच्चाइरहेको छ । फिल्मले भारतीय बजारमा ५२२ करोड ग्रास गर्यो भने ओवरसीजमा १९८ करोड पार गरिसकेको छ ।