भनिन्छ यो साल बक्स अफिसमा क्ल्यासको साल हो । एकै दिनमा दुई फिल्म रिलिज हुँदा बिजनेसमा ठुलो असर पर्नेगर्छ । यस्तैमा जनवरी २५ मा बलिउडका दुई फिल्म ‘रईस’ र ‘काबिल’ जुध्दैछन् । फिल्म जुधेपछि शाहरुख खानले फिल्म रिलिजलाई लिएर आफ्नो धारण दिएका छन् । हरेक प्रश्नलाई पुर्णविराम लगाउँदै उनले भनेका छन्,‘यो कुनै ठुलो कुरा होइन ।’ लामो समय यी फिल्महरुको रिलिज डेटलाई लिएर कुराकानी चलेको थियो । दुवै अभिनेता चाहान्थे कि एउटाले फिल्मको डेट सारिदियोस् । तर त्यस्तो हुन सकेन । यस क्ल्यासलाई लिएर शाहरुखले भनेका छन्,‘हामीले हाम्रो तर्फबाट पुर्ण कोसिस गरेका थियौ तर उपाय निस्किएन ।डेट हेरफेर गर्नका लागि समेत धेरै अध्ययन गर्यौ तर हुन सकेन । धेरै ढिला पछि निकै चोट खादै मैले उक्त दिनलाई नै फिल्म रिलिज गर्ने अठोट नै गरे । यस्तो कुनै पनि डेट नजरमा पनि परेन । २०० फिल्महरु हुन्छन्, ५२ हप्तामा यस्तो समस्या आउनु नै थियो ।’
फिल्मको प्रचारका लागि कुनै पनि कसर नछोडेको शाहरुख खानले बताएका छन् । रितिकले भने फिल्म रिलिज डेटबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।