हलीउड अभिनेत्री एन्जेलिना जोलीले पहिलो पटक ब्राण्ड पिटसँगको डिभोर्सबारे आफ्नो मुख खोलेकी छिन् । उनले डिभोर्सका कारण आफ्ना ६ जना बच्चाहरुमा परेको असरका बारेमा पनि बोलेकी छिन् ।
एन्जेलिना जोली हाल कम्बोडियामा आफ्नो नयाँ फिल्मको प्रचारका लागि पुगेकी छिन् । उनले बिबिसीसँगको एक अन्तर्वार्तामा भनेकी छिन्,‘ म यसबारेमा धेरै कुरा बोल्न चाहान्न र सक्दिन पनि । त्यो मेरो जीवनको सबैभन्दा कठिन पल थियो । हामी सधै एक परिवार भएर रहने छौ ।’ यी शब्दहरु बोलिरहँदा उनका डिभोर्सपछि एन्जेलिनाको आँखामा आँसुबाट आँसु झरिरहेका थिए । उनले भनिन्,‘कठिन पल..। मानिसहरु त्यो पलमा आफुलाई पाउने गर्छन् । मेरो पुरै परिवार यस समस्याबाट गुज्रिनु पर्यो ।’
उनले थप्दै भनिन्,‘बच्चाहरुको लागि म जे पनि गर्न तयार छु । उनीहरुको करिअरलाई प्राथमिकतामा राख्नु पनि मेरो जिम्मा हो । बच्चाहरुले विश्वबारे जानुन् र कसरी जीवन जिउन सकिन्छ त्यसबारे उनीहरुमा ज्ञान हुनु पनि आवश्यक रहेको छ । मलाई लाग्छ यसका लागि उनीहरु सक्षम रहेका छन् ।’