टाइगर श्राफकी कथित प्रेमिका दिशा पटानीलाई सैफ अली खानकी छोरी साराले एउटा ठुलो झट्का दिएकी छिन् । पहिला आएको खबर अनुसार दिशा पटानी करण जोहरको फिल्म ‘स्टुटेण्ड अफ द इयर–२’ साइन गरेकी थिइन् । यो फिल्मको सुटिङ अप्रिलमा हुँदैछ । यस फिल्ममा टाइगर श्राफको लिड रोल रहेको छ । तर, हालै आएको एक मिडिया रिपोर्टका अनुसार सैफ अली खानकी छोरी सारा अली खानले दिशा पटानीलाई रिप्लेस गरेकी छिन् । अब दिशाको ठाउँमा सारा प्रमुख भुमिकामा देखिनेछन् । मिडिया रिपोर्टका अनुसार दिशा पटानीलाई टाइगर श्राफले उक्त फिल्मका लागि सिफारिस गरेका थिए ।