हलीउड फिल्म ‘ब्यूटी एण्ड द बीस्ट’ एक पटक फेरी विवादमा आएको छ । डिज्नीले मलेशियाका थियेटर्सबाट फिल्म निकाल्ने फैसला लिएका छन् । यो फैसला मलेशियाको फिल्म सेन्सर बोर्डको निर्देशनपछि लिइएको हो, जसमा भनिएको थियो कि फिल्ममा गे सीन्स हटाएपछि मात्र रिलिज हुन पाउनेछ ।
डिज्नीले फिल्मबाट गे सीन्स हटाउन मानेनन् । सुत्रका अनुसार, सेन्सर बोर्डले फिबाट एक साढे ४ मिनेटको गे सिन हटाउन निर्देशन दिएको थियो तर फिल्मका निर्माताहरुले त्यो मान्न तयार भएनन् । डिज्नीले मेलमा दिएको जवाफमा लेखिएको छ कि मलेशियाका लागि फिल्म कुनै सिन काटिने छैन ।
बताइदिउँ कि मलेशियामा फिल्म रिलिजको यसभन्दा अगाडी कुनै पनि मुद्धा छैन । यो पहिलो पटक भएको हो ।