केही दिन अगाडी एउटा खबर बाहिर आउको थियो कि बलीउडस्टार ऋतिक रोशनले कबीर खानको निर्देशनमा बन्न लागेको चलचित्र साइन गरेका छन् । जानकारीका अनुसार यो फिल्म वार बेस्ड हुनेछ, जसको तयारी ऋतिकले सुरु गरिसकेका छन् ।इन्डस्ट्रीमा चर्चा भइरहेको छ कि ऋतिकलाई यो फिल्ममा आफुलाई मन पर्ने हिरोईन छान्न दिने जिम्मेवारी दिइएको छ र उनले अभिनेत्री कैटरीना कैफलाई फाइनल गरेका छन् । कैटरीना र ऋतिकले यो भन्दा पहिला एक्शन फिल्म ‘ब्यांग ब्यांग’ र ‘जिन्दगी ना मिलेगी दोबारा’ मा देखिएका थिए । तर, अहिलेसम्म कैटरीनाले भने फिल्म गर्ने वा नगर्ने कुनै जानकारी निर्माण कम्पनीलाई दिएकी छैनन् । यदी कैटरीनाले फिल्म गर्न स्वीकार गरे फेरी यो जोडीलाई दर्शकहरुले पर्दामा हेर्न पाउनेछन् । कबीर खान आफ्ना हरेक फिल्ममा फ्रेश जोडीलाई मौका दिने गर्दछन् । यो फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्नेछन् ।