“छमछमती पाउजुहरु”, “स्याङ्गजा गएँ पाल्पा गएँ”, “गाजल लगाइन छौ”, “सिन्दुर लाउने हौली माया” लगायतका चर्चित गीतका गायक थानेश्वर गौतमको आवाजमा रहेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । “रोएरै मेटिने भए” बोलको गीतमा थानेश्वर गौतमको स्वर, कमल प्रसाद खरेलको शब्द र कृष्ण पुनको एरेञ्ज रहेको छ । सार्वजनिक भिडियोमा नारायण, कृस्टिना र सुमितको अभिनय छ ।
रोजल थापाले निर्देशन गरेको भिडियोलाई रामेश्वर कार्कीले खिचेका हुन । श्रीमान र श्रीमतीबीचमा कुनै व्यक्ति भिलेन बनेर आउँदा कसरी एउटा परिवार उजाडिन्छ भन्ने कथा म्यूजिक भिडियोले पेश गरेको छ । गीतलाई दर्शक, स्रोताहरुले मन पराउनेमा गायक थानेश्वर गौतम र निर्देशक रोजल थापा विश्वस्त छन् ।