छोरा तेमूरको जन्मपछि बलीउड अभिनेत्री करिना कपुरलेले आफ्नो तौल १२ केजी घटाएकी छिन् । उनले चलचित्रमा फर्कनको लागि आफ्नो तौल घटाएकी हुन् । गत महिनाबाट उनी तौल घटाउन लागिपरेकी थिइन् । उनले साचेजस्तो तौल घटिपनि रहेको छ । उनी आमा बन्ने क्रममा मोटाएकी थिइन् । उनको तौल त्यो समयमा सदाको भन्दा १८ केजीले बढी थियो ।
उनले तौल कसरत गरेर घटाएकी हुन् । साथै, खानपिनमा पनि उत्तिकै ध्यान दिइरहेकी छिन् । अब अगामी महिनासम्म उनी पुरानै तौलमा आउने आशा गरेकी छिन् । उनी केही वर्षयता बलीउडबाट हराएको कारण उनी फरि फर्केर आफ्नो पुरानो छबीलाई कायम राख्न आतुर देखिएको भारतीय सञ्चार माध्यामहरुले बताएका छन् ।