गायक हिमाल सागरको आवाजमा रहेको ‘तिम्रो चोलीको तुनामा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक सागरकै शब्द र संगीत छ । भिडियोमा गायक सागर आफै मोडलको रुपमा प्रस्तुत भएका छन् भने उनको अपोटिजमा नायिका प्रियंका कार्की छिन् । सार्वजनिक गीतको भिडियोमा प्रियंकाको चोलीको तुनामा बाँधिन मन लागेको आशय गायक हिमाल सागरले व्यक्त गरेका छन् । गीतमा गायक सागर र प्रियंकाको केमेष्ट्री गज्जबकै देखिन्छ । अर्जुन अधिकारीको एक्शन कटमा तयार भएको भिडियोलाई हरि हुमागाईले खिचेका हुन भने निशान घिमिरेले काटछाँट गरेका हुन ।