प्रमोद खरेलको आवाजमा रहेको “तिमीलाई पोल्ने चिन्ता लाग्छ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शिव पलासका शब्दमा सन्जु थापाको संगीत सुन्न सकिन्छ । रोमान्टिक शैलीमा निर्माण गरिएको भिडियोमा सनम कठायत र सृष्टि खड्काको अभियय देख्न सकिन्छ ।
संगीतकर्मी होम बहादुर घलेले निर्देशन गरेको म्युजिक भिडियो निकै उत्कृष्ट देखिएको छ । भिडियोमा उत्सव दाहालको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ ।