यस बर्षको प्रतिक्षित हलीउड फिल्म ‘फास्ट एन्ड फ्यूरियस’ श्रृंखलाको आठौं फिल्म ‘फेट अफ द फ्यूरियस’ गएको शुक्रवारदेखी सिनेमा घरहरुमा रिलिज भएको छ । खबर यो छ कि फिल्ममा रोमाञ्चक कार रेसिंग दृश्यहरु र दुर्घटनाहरुको फिल्मांकन गर्नका लागि अर्बौं डलर खर्च भएको छ । यो कुराको अहिलेसम्म कुनै पनि आधिकारीक खुलासा भने भएको छैन कि फिल्ममा सानदार क्लासिक मोटरहरु र आधुनिक महंगो कारहरुमा कति खर्च भएको थियो । वेबसाइट ‘इंश्योर द गैप डट कम’ ले यो श्रृंखलाको पहिलो सात फिल्ममा कारमाथी खर्च भएको रकमको अनुमान लगाएको छ कि यसका लागि करिब ५१.४ करोड डलर खर्च भएको छ । फिल्मका खलनायक ड्याकार्ड शो (जेसन स्टेथैम) द्वारा प्रयोग गरिएको कारहरुमा करिब १८ करोड डलर खर्च भएको थियो । पहिलो फिल्ममा कारहरुमा १० करोड डलरभन्दा कम खर्च भएको थियो तर पाँचौं फिल्ममा १० करोड डलर बढी खर्च भएको बताइएको छ । फिल्मको सातौं भागमा करिब ३० करोड डलरको मूल्यमा बनेको कार दुर्घटनाको दृश्यहरुको फिल्मांकनको क्रममा नोक्सान भएको थियो । यसमा दुनियाँको सबैभन्दा महँगो कारहरु मध्ये पनि एक थियो । यो श्रृंखलाको आगामी फिल्महरुमा रोमाञ्चक दृश्यहरु र दुर्घटनाको दृश्यहरुको फिल्मांकनमा प्रयोग गरिएको कारको संख्या बढ्दै जानेछ र दर्शक सिनेमा घरहरुमा बसेर दुर्गटनाग्रस्त कारहरुको मूख्यको अन्दाज पनि लगाउनेछन् ।