बलीउड अभिनेत्री करिश्मा कपूरका पूर्व पति संजय कपूरले बिहिवार दिल्लीमा प्रिया सचदेवसँग कोर्ट म्यारिज गरेका छन् । अब न्यूयोर्कमा विवाहको सेरेमनी र रिसेप्शन पाटी हुनेछ । संजय र प्रियाको पहिलो भेट न्यूयोर्कमा भएको थियो । यी दुई करिब ५ बर्षदेखी प्रेम सम्बन्धमा रहेको भारतीय मिडिया बताउँछन् । संजयको यो तेस्रो बिहे हो ।
संजय सोना मोबिलिटी सर्भिसेस लिमिटेडका सीईओ हुन । उनले करिश्मासँग गएको बर्षमात्र डिभोर्स लिएका थिए । त्यस्तै, प्रिया सचदेव अमेरिकामा होटल्स र रेस्टोरेन्ट्स ओनर विक्रम चटवालकी एक्स वाइफ हुन् ।
४१ बर्षकी प्रिया मोडल समेत हुन । उनको विक्रमसँग २००६ मा बिहे र २०११ मा डिभोर्स भएको थियो । प्रिया एक बलीउड मूभी ‘नील एण्ड निक्की’ र केही म्यूजिक भिडियोमा समेत काम गरेकी छिन् । संजय कपूरकी पहिलो श्रीमती डिजाइनर नन्दिता महतानी हुन् । नन्दितासँग डिभोर्स भएको १० दिनमा संजयले करिश्मासँग विवाह गर्ने औपचारिक घोषणा गरेका थिए । संजय-करिश्माले २९ सेप्टेम्बरमा विवाह गरेका थिए । तर, यो सम्बन्ध पनि धेरै लामो समय टिकेन । १३ बर्षसम्म सँगै रहेपछि संजय र करिश्मा अलग भएका हुन । यी दुईको छोरी समायरा र छोरा कियान छन् । करिश्मा अहिले बलीउडमा सक्रिय छैनन् । तर, उनी अपकमिंग मूभी ‘जुड़वा २’ मा केमियो गर्दैछिन् ।