नेपाली कलाकार तक्मे बुढा उर्फ विल्सनविक्रम राई अभिनित वलिउड फिल्म ‘बोरीवलीका ब्रूश ली’को टिजर सार्वजनिक भएको छ । टिजरमा विल्सनलाई वलिउड अभिनेत्री आयशा टाकियासँग देख्न सकिन्छ ।
भने टिजरले ‘रिभेञ्ज स्टोरी’ फिल्मले उठाएको भान दिलाउँछ । विल्सनले यो फिल्म खेलेको समयदेखि नै नेपालमा राम्रै चर्चा पाएको थियो । लिड कलाकार भनिएका विल्सन टिजरमा पनि राम्रै हाबी छन् ।
यसअघि सार्वजनिक स्थिर दृश्यमा चाईनिज लुक्समा देखिएका विल्सनको उक्त प्रकारको गेटअप टिजरमा भने जोडिएको छैन् । फिल्मको प्रदर्शन मिति भने तय भईसकेको छैन् ।