प्रेम सुब्बाको निर्देशनमा तयार भएको फिल्म ‘तारेभीर’ प्रदर्शनको लागी तयार भएको छ । फिल्म तयार भएसँगै निर्माण टिमले प्रचार प्रसार समेत सुरु गरेको छ । सोमबार बिहान राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर तथा गीत रिलिज गरियो ।
सामाजिक कथा बोल्ने फिल्मको सार्वजनिक ट्रेलरमा कहिँ कतै राष्ट्रियताको कुरा पनि जोडिएको छ । ट्रेलरमा एक्सनप्रधान दृश्यहरु बढी प्राथमिकतामा छन् । आउँदो असार २ मा फिल्म रिलिज हुनेछ ।
फिल्मको कथा पनि निर्देशक सुब्बाको नै हो भने लगानी डिके देवानले गरेका छन् । युवराज राईले खिचेको फिल्ममा प्रकाश गुरुङ, सनुप पौडेल र बर्विम शेर्माको संगीत छ । फिल्ममा नविन कार्की, विष्णु चेम्जोङ, रेखा फागो, प्रेम सुब्बा, कृष्ण देवान, दिपेश श्रेष्ठ, मञ्जु श्रेष्ठ लगायत अभिनयमा छन् ।
गोविन्द राई र दिनेश माङ्वुले कोरियोग्राफी गरेको फिल्ममा द्वन्द्व जनक गुरुङको छ । पटकथा र संवाद लेखनमा निर्देशक सुब्बालाई कृष्ण आचार्यले सघाएका छन् ।