विनाशकारी महाभुकम्प पश्चात नमुना काम सहितको ठाउँ ठाउँमा नमुना वस्ती बनाएर ‘नेशनल हिरो’ बनेको जोडी धुर्मुस सुन्तली (सितराम कट्टेल र कुञ्जना घिमिरे)लाई देश विदेशबाट सहयोगको ओहिरो छ । पछिल्लो पटक मुसहर बस्तिमा उनिहरुले निर्माण गरेर स्थानियलाई प्रदान गरेको घरहरुले त घर र यो जोडी दुबैलाई धेरैले मोहनी नै लगाए ।
यो बीचमा ‘विरता जेसिज बिर्तामोड’को अगुवाइमा भूकम्पपीडित घर निर्माणका लागि ‘धुर्मुस-सन्तुली फाउन्डेसन’लाई (झण्डै बिस लाख) १९ लाख ८० हजार ३६० रुपैयाँ नगद सहयोग प्रदान गरिएको छ । केहि दिन पहिले उत्कृष्ट नागरिक सम्मान सहित धुर्मुस सुन्तलीलाई उक्त रकम प्रदान गरिएको थियो ।
रकम संकलन कार्यक्रमा महिला एसोसिएसन, अल्टसट युकेबाट कल्पना चेम्जोङले एक लाख ५० हजार सहयोग महत्वपुर्ण हिस्सा बनेको थियो ।