सञ्चारकर्मी समेत रहेका गायक सुरज पौडेलको स्वर समावेश गीत ‘ठुम्काले’ युट्युव रिलिज भएको छ । केहि दिन पहिले चितवन तथा नवलपरासीमा छायांकन गरिएको गीतको भिडियो आईतबार युट्युवमा रिलिज गरिएको हो ।
भिडियोलाई सञ्चारकर्मी कुमार आचार्यले निर्देशन गरेका छन् । आचार्यको यो डेब्यू निर्देशकिय भिडियो हो । जहाँ समर्पण अभिनेत्री रञ्जु शर्मा र मेन्डीबाबुले अन स्कृन रोमान्स गरेका छन् ।
गायक पौडेलको शब्द रहेको गीतमा संगीत भिषण राईको छ । रवि कोईरालाले खिचेको भिडियोमा कोरोयोग्राफी जगत रामचन्द्र रेग्मीको छ । रविन्द्र खड्काले सम्पादन गरेका छन् ।