महिलाहरुको महान चाड मानिने तीज पर्व आउन अझै दुई महिना जस्तो बाँकी छ । तर गीत संगीत क्षेत्रसँग सम्बन्धित कलाकर्मी अनि कला पारखीहरुलाई भने तीजले अहिले नै छोईकेको छ । तीजलाई जोडेर गीति भिडियोहरु बनाउने तथा सार्वजनिक गर्ने क्रम सुरु भईसकेको छ ।
यो बीचमा पछिल्लो पटक गायिका सम्झना भण्डारी तथा गायक पशुपति शर्माको स्वर समावेश तीजको गीत ‘बत्ति बाल्नै पर्दैन भाग २’ सार्वजनिक भएको छ । गत बर्षको तीजमा रिलिज ‘बत्ति बाल्नै पर्दैन’ निकै लोकप्रिय बनेको थियो । २० लाख बढि पटक युट्युवमा हेरिएको छ ।
सोहि गीतको दोश्रो संस्करणको उपमा दिँदै ‘हरियो बत्ती’ बोलमा नयाँ गीत बाहिर ल्याईएको हो । लोक गायनमा पछिल्लो पटक चर्चामा रहँदै आएकी सम्झनाले यो गीतले पनि पहिलो संस्करण जत्तिकै लोकप्रियता कमाउने विश्वास व्यक्त गरिन् । गीतमा शब्द तथा संगीत पशुपति शर्माकै छ ।
प्रकाश सपुत र मोडल अञ्जली अधिकारीले कम्मर मर्काएका छन् । विष्णु शर्माले सम्पादन गरेको गीतको भिडियोलाई करण चैसिरले खिचेका हुन् । प्रकाश भट्टले निर्देशन गरेका छन् ।