मंगलबार फिल्म ‘भूइँमान्छे’ले राजधानीमा रेड कार्पेट प्रिमियर गरेको छ। पत्रकार, कलाकार सँगै आफन्तहरुको बाक्लो उपस्थितिका बीच फिल्मको प्रिमियर गरिएको थियो। प्रिमियरमा फिल्मका मुख्य कलाकार रमेश बुढाथोकी, सिपोरा गुरुङ, सहिन प्रजापति, सानु ताम्राकार लगायतको उपस्थिति थियो। प्रिमियरमा उपस्थित दर्शकले फिल्म एकदमै मन परेको बताए। विशेष गरि फिल्मले उठाएको कथा र कलाकारको अभिनय मन परेको दर्शक प्रतिक्रिया थियो।
यहि शुक्रबार अर्थात भदौ २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘भूइँमान्छे’ लास चिर्ने व्यक्तिको कथामा आधारित रहेर निर्माण भएको फिल्म हो। नवराज बुढाथोकीको निर्देशन रहेको फिल्ममा निरुपाराज्य लक्ष्मी थापाको लगानी रहेको छ। फिल्मको कार्यकारी निर्माता रोहीनी भट्टराई हुन्। फिल्ममा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिनप्रजापति, बादल भट्ट, सशांकबोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतको अभिनय रहेको छ।