मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री आलिया भट्टले दुई वर्षअघिदेखिको प्रेमसम्बन्धलाई पूर्णविराम लगाएका छन् । गोप्य रुपमा डेटिङ गरेपनि सार्वजनिक रुपमा प्रेमको झल्को नदिएका उनीहरुले गोप्य रुमै प्रेमलाई विच्छेद गरेका हुन् । एकअर्काको घरमा समेत समय समयमा देखिँदै आएका उनीहरु अब बोलचाल नै नगर्ने गरी छुट्टिएका छन् ।
समाचार अनुसार उनीहरु एकापसमा घृणाभावले हेर्न थालेका छन् । भविष्यको कुरालाई छाडेर हेर्ने हो भने उनीहरुको सम्बन्ध तुरुन्तै बन्नेमा कोही ढुक्का छैनन् । केही समय अघि दुईबीच भएको झगडा नै प्रेम टुट्ने कारण बनेको हो ।
उनीहरुको प्रेम टुट्नुमा तेस्रो व्यक्तिको पनि हात रहेको सञ्चारमाध्यमले दाबी गरेका छन् । अभिनेत्री ज्याकुलिन फर्नान्डिजसँग फिल्म ए जेन्टलमेनमा काम गर्दा उनीसँग सिद्धार्थ नजिकिएको चर्चा चलिरहँदा आलिया पनि एक दिग्गज अभिनेतासँग हिँडेको खुलेको थियो । यी दुवैले करण जोहारको फिल्म स्टुडेण्ट अफ दी इयरबाट आफ्नो करियर शुरु गरेका थिए ।