भदौ १६ बाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर २’ को अर्को उत्कृष्ट शब्द संगीत सहितको गीत सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक गीतका शब्द छिट्टै मनमा बस्ने खालका छन्, संगीत सुमधुर लाग्छ ।
युवा पुस्ता लक्षित फिल्मको सार्वजनिक ‘उकालीमा जाँदा’ बोलको गीतमा लिड कलाकार साम्राज्ञीराज्य लक्ष्मी शाह, सलोन बस्नेत, सलिनमान बानियाँ लगायत फिचरिङमा छन् । गीतमा कोरियोग्राफी पनि हेर्न योग्य देखिन्छ । कविराज गहतराज र रेनशा वान्तवा राईले नृत्य निर्देशन गरेका छन् । गीतमा शब्द संगीत वसन्त सापकोटाको छ ।
सार्वजनिक गीतमा ईन्दिरा जोशी र राजेशपायल राईको स्वर छ । फिल्मलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । उनको यो डेब्यू निर्देशकिय फिल्म हो । सुनिल कुमार थापा निर्माता हुन् ।