यहि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ग्याङ्गस्टर ब्लूज’को रेड कार्पेट प्रिमियर गरिएको छ। बुधबार राजधानीको ‘के एल टावर’मा आयोजित प्रिमियर शोमा पत्रकार तथा फिल्मकर्मीको बाक्लो उपस्थिति थियो। उपस्थित दर्शकले फिल्म उत्कृष्ट भएको बताएका थिए। फिल्ममा कलाकारको अभिनय, कथा बस्तु र प्रस्तुती मन परेको दर्शक प्रतिक्रिया थियो।
फिल्ममा नव कलाकार आशिरमान देशाराज जोशी र आना शर्माको जोडी पनि रुचाइएको पाइयो। उनीहरुको जोडीले दर्शकबाट प्रसंशा नै पायो। फिल्ममा रोजिशा शाही र संयम पुरीको अभिनय पनि तारिफयोग्य थियो। विशेषगरी संयम र रोजिशाको लुक्सलई दर्शकले मन परेका थिए।प्रिमियरमा प्रियंका कार्की, आयुष्मान देशराज श्रेष्ठ, सुरविना कार्की, रिमा विश्वकर्मा, आश्मा डिसी, स्वस्तिमा खड्का, निश्चल बस्नेत, रामबाबु गुरुङ, मिस नेपाल नीकिता चन्दक लगायतको उपस्थिती थियो।
हेमराज बिसी निर्देशित फिल्म ‘ग्याङ्गस्टर ब्लूज’मा सरोज न्यौपानेको लगानी रहेको छ। फिल्मका कार्यकारी निर्माता मनिष पण्डित हुन्।