नेपाली फिल्म क्षेत्रमा पल शाह र आँचल शर्माको नाम जोडिएर आउने गर्छ। म्युजिक भिडियोमा राम्रै छाप बनाएका नायक पल शाह र नायिका आँचल शर्माले फिल्म ‘नाई नभन्नु ल ४’ बाट सँगै फिल्म नगरीमा प्रवेश गरेका थिए। पहिलो फिल्मबाट नै सफलता हासिल गरेको यो जोडीको त्यस फिल्म रिलिज पश्चात प्रेम प्रसङ्गको हल्ला पनि राम्रै चल्यो।
पल शाह अभिनित दोश्रो फिल्म ‘म यस्तो गीत गाउँछु’ रिलिज भइसकेको छ। उक्त फिल्ममा पलसँग नायिका पुजा शर्माले जोडी बाधेकी थिईन्। फिल्म सफल भयो। फिल्मको सफलताले पलको करियरलाई पनि ठुलो सहायता मिल्यो।
पल र आँचल अभिनित फिल्म ‘जोनी जेन्टलम्यान’ प्रदर्शनको तयारीमा छ। भदौ ३० गतेबाट प्रदर्शामा आउँन लागेको उक्त फिल्ममा पल र आँचलले दोश्रो पटक स्क्रिन शेयर गर्न लागेका हुन्। यो आँचलको दोश्रो फिल्म हो भने पलको तेश्रो फिल्म हो।
पल र आँचलको प्रेम सम्बन्ध र उनीहरु अभिनित फिल्म ‘जोनी जेन्टलम्यान’ र को बारेमा गरिएको रमाइलो कुराकानीको लागि तलको भिडियो हेर्नुहोस्।
भिडियो :