ईटालियन निर्देशक सर्जियो बासोले निर्देशक गरेको नेपाली फिल्म ‘सरिता उमेर ११ बर्ष’ को सम्पुर्ण छायांकन सकिएको छ । अंग्रेजीमा ‘टेल मी हु आईएम’ नाम दिईएको फिल्म मुख्यतः फेस्टिभल लक्षित हो । भुटानी शरणार्थीको पुनर्वासको कथा फिल्मले बोल्छ ।
२३ दिन लगाएर पुर्वी नेपालको झापा, दमक बेलडांगीमा फिल्मलाई खिचियो । जहाँ समावेश केहि दृश्य काठमाडौंमा पनि छायांकन गरिएको छ । उक्त फिल्मलाई नेपाली सिनेमाटोग्राफर (डिओपी) रविन आचार्यले खिचेका हुन् । आचार्यले यसअघि ‘डायन क्याण्डल’ नामको फिल्मबाट सोहि विधामा अमेरिकामा आयोजित क्विन्स फिल्म फेस्टिभलमा समावेश ४० बढि देशका प्रतिस्पर्धीलाई उछिन्दै उत्कृष्ट सिनेमाटोग्राफरको अवार्ड जितेका थिए ।
यो फिल्ममा लिड अभिनयमा १३ बर्षिय साशा विस्वास छिन् भने उनिसँगै ईटालियन कलाकार क्रिष्टी रुईजसँगै अन्य युरोपियन कलाकारहरु समेत अभिनयमा छन् । सम्पुर्ण छायांकन नेपालमा हुँदा त्यसको सबै चाँजोपाँजो सिनेमाटोग्राफर रहेका रविनले नै मिलाएका थिए । फिल्ममा कोरियोग्राफी मात्तेओ गास्टाल्डोको रहेको छ । फिल्मको पोष्ट प्रोडक्सनको सम्पुर्ण काम युरोपमा हुने निर्माण युनिटले बताएको छ ।