नायिका निशा अधिकारीको निर्माणमा तयार भएको फिल्म ‘झ्यानाकुटी’को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘तिमीलाई सानी’ बोलको गीतमा सनिस सुनुवारको संगीत तथा शब्द रहेको छ भने धमेन्द्र सेवन र मारुती भण्डारीले आवाज दिएका छन्। निर्देशक सिमोश सुनुवार र निर्मात्री निशा अधिकारीको संयुक्त कोरियोग्राफी रहेको भिडियोमा फिल्मका मुख्य कलाकारहरु सौगात मल्ल र वेनिशा हमाल फिचरिङ छन्।
कमेडी जनारमा निर्माण भएको फिल्म ‘झ्यानाकुटी’मा हरी हुँमागाईंको छायाँकन रहने छ भने फिल्मलाई निर्देशक सुनुवारले नै सम्पादन गर्दैछन्। ‘झ्यानाकुटी’ मंसिर १७ गतेदेखि प्रदर्शनमा आउँदैछ।
भिडियो :